April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति ९:३० बजे मृत्यु भएको हो। 

Advertisement

यसअघि मंगलबार राति बाँकेमा पनि एक ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मंगलबार साँझसम्म ३ हजार ७१८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा १६३ संक्रमितको मृत्यु भएको छ।