May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

भाद्र १०, डेढ महिनाअघि दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ।

असार २६ गते मेलुङ गाउँपालिका-६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो। त्यसमध्ये विभिन्न समयमा ३ पुरुषको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएपछि छाडा कुकुरले टोकेर मृत्यु भएको घटना बाहिर आएको हो।

Advertisement

रेविज रोगकै कारण भण्डारीको मृत्यु भएको पाटन अस्पताल ललितपुरले पुष्टि गरेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईंले जानकारी दिए। गाउँपालिकाले प्राप्त गरेको तथ्याङमा १० जनालाई छाडा कुकुरले टोकेको र बाँकी ७ जनामा रेविज रोगको लक्षण नदेखिएको शाखा प्रमुख चापागाईंले बताए।

छाडा कुकुरले टोकेर मृत्यु हुनेमा मेलुङ गाउँपालिका-५ का १५ वर्षीय सुरेश विक र बैत्यश्वर गाउँपालिका घर भएर मेलुङ मामाघर गएको बेला कुकुरले टोकेर घाइते भएर प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा ८ वर्षीय कुशल नेपालीको मृत्यु भएको मेलुङ गाउँपालिका-६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए।
    
बुधबार मृत्यु भएका भण्डारीलाई मेलुङ गाउँपालिका-६, स्थित स्थानीय मेडिकलले रेविज रोगको गलत भ्याक्सिन दिएको आरोपमा स्थानीयले मेडिकल तोडफोड गरेको प्रहरीले जनाएको छ। सीएमए पास गरेर स्थानीय बजारमा मेडिकल र फार्मेसी खोलेका स्वास्थ्यकर्मीले रेविज विरुद्धको भ्याक्सिन दिएको पाइएकोले प्रहरीले नियन्त्रणमा लिएर चरिकोट ल्याइएको छ। 

मुलुकी अपराधसंहिता, २०७४ को दफा २३० को उपदफा-१ बमोजिम नियन्त्रणमा लिईएको र सो अनुसार कसुर गरेको पाईएमा मुद्धा दर्ता गरेर कारवाही गरिने दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए।

स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले सीएमए पास गरेकोले मात्र त मेडिकल खोल्न पाउने कानुन विद्यमान नभएको बताए।