May 17, 2026, Sunday
२०८३ जेष्ठ ३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

स्याङ्जा – स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।

Advertisement

स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की लगायतका जिल्लामा सङ्क्रमण समुदाय स्तरमा बढ्दै गएकाे भन्दै स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधिमा अति आवश्यक सेवा बाहेक अन्य सबै बन्द रहने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।