May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पार्नुभयो ।

Advertisement

उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, अस्पताललगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

उहाँले जनअपेक्षानुरुप आठै जिल्लामा पिसिआर टेष्टका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिँदै रौतहटमा जडान प्रक्रिया शुरु भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र पिसिआर मेशिन सञ्चालनमा आउने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।