April 11, 2024, Thursday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५  रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

Advertisement

उक्त साग खाँदा रिजालचोकका देउरुपा कँडेल, चुडामणि कँडेल, चिज कँडेल र सन्तोष कँडेल बिरामी परेका हुन् । बिरामी चारैजनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीको भनाइ छ ।