May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

दैलेख – ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ।

दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन्।

Advertisement

गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी भएकी शाहीलाई रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर, अस्पताल नपुग्दै उनको मृत्यु भयो। 

राति १२ बजे मात्रै अस्पताल पुर्याइएको थियो। सुत्केरी शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उनका जेठाजु टेकवहादुर शाहीले बताए। 

स्वास्थ्य केन्द्रका निमित्त ईन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाई भएकाले सुत्केरी बचाउन नसकिएको बताइन्। 

सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन्।