May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ ।

घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य संस्थामा भएका महिलाहरुलाई पनि ३८ सय रुपैयाँ दिनु पर्ने ठाँउमा ३ हजार मात्रै दिएर बाँकी रकम हिनामिना गरेको आरोप लागेको हो ।

Advertisement

गत आर्थिक वर्षमा ५ जना महिला पूजा भट्ट, पुस्पा भट्ट,कलावती बोहरा, उजली ठगुन्ना र जानकी भट्ट स्वास्थ्य चौकीमा सुत्केरी भएका हुन भने हरीना भट्ट, चन्द्रा धामी, र मन्ता ठगुन्ना घरमै सुत्केरुी भएको र कीर्ते दस्तखत गरी नगरपालिकाबाट घरमा भएका ३ र स्वास्थ्य चौकीमा ५ गरी आठैजना महिलाको सुत्केरी भत्ता लिएकोमा घरमा भएका सुत्केरी महिलाहरुलाई भत्ता नदिएको र स्वास्थ्य सस्थामा भएका महिलाहरुलाई ८ सय रुपैयाँ कम दिएर आर्थिक अनियमितता गरेको समाचार श्रोतले जनाएको छ ।

घरमा भएको महिलाको बिवरण स्वास्थ्य सस्थामै सुत्केरी भएको उल्लेख गर्दा फोन नंम्बर पनि खुलाइएको छैन । नगरपालिकाले सोधखोज गर्न नसकोस भने फोन नं नराखेको समाचार श्रोतको दाबी छ ।

उक्त घटना बाहिर आउन थालेपछि स्वास्थ्य प्रमुख भट्टले घरघरमा गएर ३ हजार रुपैयाँ मात्रै दिएका महिलाहरुलाई ८ सय थपेर दिएको र घरमै सुत्केरी भएका महिलाहरुलाई ३ हजार ८ सयका दरले पैसा दिएको पनि खुलेको छ ।

घरमा आएर पैसा दिन खोज्दा एक जना महिलाले पैसा नलिएको पनि बताएउको छ । सुत्केरी जानकी भट्टलाई दिन बाकी ८ सय रुपैयाँ बुझाउन खोज्दा उनका पति मोहन भट्टले रकम नबुझेर फिर्ता पठाएका हुन् ।

यस घटनाबारे नगरपालिकाका स्वास्थ्य साखा प्रमुख चक्र कार्कीले यसबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।