May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो ।

बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध बिक्रि नभए पछि बाध्य भएर सडकमा फ्याक्नु परेको बताउनुभयो ।

Advertisement

किसानबाट नियमित संकलन गरेको दुध निषेधाज्ञाका कारण ग्रहाक नआएपछि बिक्रि नभएकोले सडकमा फ्याक्न बाध्य भएको सञ्चालकले बताउनुभयाे ।

सञ्चलकका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्रै दुध तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइन्छ भने तापनि बिहान देखि सुर्यविनायक चोकमा मान्छे हिडदुलमा कडाई गरेकोले ग्रहाक आउन छाडेपछि दुध बिक्रि नभएको हो । पानी र औषधि व्यवसाय मात्रै खोल्न र ओसार पसार गर्न पाउने नियम छ ।