May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

काठमाण्डौ – उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो ।

Advertisement

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सीसीएमसीको बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुको हिजो बेलुका परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो । 

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गएको बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै जना आइसोलेशनमा बस्नुभएको थियो ।