June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।

पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”

Advertisement

उनका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।