May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।

Advertisement

अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो । ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष मुटु, मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।