June 6, 2026, Saturday
२०८३ जेष्ठ २३, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो। भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता गराएका थिए।

Advertisement

भुजेलको हकमा साउन २३ र भदौ ५ गते दुईवटा निवेदन दर्ता भएको थियो। २०७६ पुस १२ गते पक्राउ परेकी भुजेललाई जिल्ला अदालतले थुनामुक्त गरेलगत्तै अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।