May 14, 2026, Thursday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। 

यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ।   सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ। लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ 

Advertisement

‘निर्धारण गरिएको भन्दा धेरै शुल्क कसैले पनि लिन पाउने छैनन्’, मन्त्रालयको निर्णयबारे जानकारी दिँदै सहप्रवक्ता अधिकारीले भने ।