April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

रौतहट – बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ।

आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरञ्‍जन पासवानको घाँटी रेटेर हत्या भएको थियो।

Advertisement

भदौ ३ गते राति नौ बजेतिर हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको पनि हत्या भएको थियो। ​निरञ्‍जन र पुजारी हत्याकाण्ड भएपछि पनि जिल्लामा हत्या शृङ्खला नरोकिएको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार लक्ष्मीपुर गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी १० बजे घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्‌। तर, उनको शव उखु बारीमा घाटीमा आफ्नै सारीले बेरेको अवस्थामा फेला परेको हो। 

रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले दिएको जानकारीअनुसार स्थानीयले मित्राको शव देखेपछि प्रहरी प्रशासनलाई खबर गरेका थिए। शव भेटिएको स्थानमा प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली पुगेको थियो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको प्रहरी उपरीक्षक खडकाले बताए। स्थानीयले महिलाको हत्या भएको आशंका गरेका छन्‌।