May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवन-  १० महिने शिशुसहित चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

Advertisement

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।

ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ।

ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।