May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

धनगढी – कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान घरैबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

Advertisement

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवतीमाथि गत बिहीबार राती सामूहिक बलात्कार भएको थियो । राति पल्लो घरमा रहेका बुबासँग मोवाइल माग्न जाने क्रममा उनी चार जनाद्धारा बलत्कृत भएकी बताइएको छ ।

मलाई अपहरण गरेर नजिकैको खेतमा लगेर त्यो समूहले बलात्कार गरेको हो उनले प्रहरीलाई भनेकी छन् । उनले पीडकहरुका विरुद्धमा बालिकाले शनिबार प्रहरीलाई बयान दिएकी हुन् ।

युवतीकी आमा कामको सिलसिलामा भारतमा रहेको र उनी बाजेबज्यै र बु्बासँगै बस्दै आएकी छन् । घटनामा संलग्न भनिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पीडित भनिएकी युवतीको स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राजधानी दैनिकबाट