May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक वर्षको सामाजिक भत्ता बुझेको पाइएको हो ।

२०७६ साल असार २३ गते मृत्यु भएका जोशीको २०७६ साउन महिनादेखि वृद्धभत्ता शुरु भएको छ । २०७६ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउनका लागि २०७५ साल मंसिर महिनामा निवेदन दिएका जोशीको असारमै मृत्यु भए पनि साउन देखि शुरु भएको एक बर्षको भत्ता बुझेको पाइएको हो ।

Advertisement

मृतकका आफन्तले २०७६ साल साउन १४ गते मृत्यु दर्ता गरिसकेको भए पनि मृत्यु दर्ता भइसकेपश्चात दुई किस्ता समाजिक सुरक्षा भत्ता वडा नम्बर ५ को वडा कार्यालयबाट हिनामिना भएको बताउँदै आएका थिए । यसअघि वडा कार्यालयका कर्मचारीहरुले भत्ता मृतकका आफन्तले बुझेको झुटो आरोप लगाउँदै आएकोमा आइतबार वडा कार्यालयमा सरोकारवालाहरुबिच भएको छलफलमा वडा कार्यालयमै कार्यरत प्राविधिक हरसिंह बोहराले भत्ता आफूले बुझेको स्वीकार गर्नुभएको छ ।

आइतबार वडा कार्यालयमा भएको छलफलका क्रममा वृद्धभत्ता वितरणको जिम्मेवारी समेत पाएका प्राविधिक बोहराले बुद्धभत्ता आफुले बुझेको स्वीकार गर्दै आफि माग्नुभयो । सामाजिक सुरक्षा भत्ता हिनामिना भएको विषयमा आ–आफ्नो ठाउँमा सिगों वडा कार्यालयको दोश रहेको भन्दै वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा, वडा कार्यालयका सचिब लक्ष्मणराज बिष्ट र बृद्धभत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक हरसिह बोहराले वडावासी सामु माफि मागेका हुन् ।

मृतकको नाममा बृद्धभत्ता बुझ्ने गम्भीर गल्ती गरेर उल्टै प्राविधिक हरसिंह बोहराले मृतकको नाममा भत्ता बुझेको विषयमा स्थानीयले खोधखोज गर्न थालेपछि गत सोमबार कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला गएर यसअघि भुक्तानी भइसकेको दुई किस्ता भत्ता अर्थात् २४ हजार र तेस्रो किस्ता वाफत आएको १२ हजार गरी ३६ हजार रुपैयाँ फिर्ता गरेको बताउनुभएको छ ।

कर्मचारीले मृतकको नाममा बृद्धभत्ता निकासा गरेर अनियमितता गरेको विषयमा निगरानी गर्न नसकेको भन्दै वडाअध्यक्ष बोहराले गल्ती स्वीकार गर्दैै वडाबासी समक्ष माफी मागेको स्थानीय केशवराज जोशीले जानकारी दिनुभयो । पञ्चीकरणको जिम्मेवारी पाएका वडासचिब बिष्टले मृतकको नाम सामाजिक सुरक्षा पाउने व्याक्तिको सूचिबाट हटाउन नसक्नु र गैरकानुनी रुपमा निकासा भएको बृद्धभत्तामा भइरहेको अनियमितता रोक्न नसक्नु आफ्नो गल्ती भन्दै माफि मागेको पनि उहाँले बताउनुभयो । प्राविधिक हरसिह बोहराले मृतकको नाममा आएको पैसा आफैसंग राखेकोले यो विषयको सबै दोष आफ्नो भएको भन्दै सार्वजनिक रुपमा माफी मागेको अर्का स्थानीय भुवनराज जोशीले बताउनुभयो ।

वडावासीले सोमबार (आज) बेलुकीसम्म चित्तबुझ्दो समाधान तथा जवाफ नपाएमा वडा कार्यालय तालाबन्दी गर्दै कानुनी रुपमा अगाडी बढ्ने अल्टीमेटम दिएका छन् । यसअघि भदौ ८ गते गैरकानुनी ढंगले आएको भत्ता हिनामिना भएको विषयमा छानबिन गर्न माग गर्दै स्थानीयले वडाअध्यक्ष दिपेन्द्रसिह बोहरासमक्ष निवेदन दिएका थिए ।