May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२८पुगेको छ ।