May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।

Advertisement

जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छन्।

यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।