April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एकवटा झोलुङले पुल, दुईवटा विद्यालय बगाएको छ ।

Advertisement

ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरीबोटका तीन जना, दुनेपँधेराका तीन जना, घट्टबोटका सात जना र सुब्राङमा दुई जना सम्पर्कविहीन भएको घर्ती मगरको भनाइ छ ।

उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका- ९ को लाँकुरीबोटका १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।