April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

हुम्लाकाे सर्केगाडमा भीषण आगलागी, ६ घर जलेर नष्ट !

भदाै १८, जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने १५ घरमा आंशिक क्षति भएको घटनास्थलमा रहेका ७ नं. वडाका वडा अध्यक्ष कृष्ण प्रसाद जैशीले बताए ।

आगलागीबाट सर्केगाड गाउँपालिका वडा नं. ७ ठुलागाउँको बाहुन बाडामा रहेका जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देवीसिंह जैशी, रुपकला जैशी र मथन जैशीका ६ घर पुर्ण रुपमा जलेका छन् । अन्य १५ घरमा आंशिक  क्षति भएको वडा अध्यक्ष जैशीले बताए ।

Advertisement

रोडिकोट ठुला गाउँको बाहुन दग्डामा रहेको जोख्या जैशीको घरबाट सल्किएर गाउँका अन्य घरमा फैलिएको आगो राति १२ बजे मात्र नियन्त्रणमा आएको वडाध्यक्ष जैशीले जानकारी दिए । सबै घरसँगै जोडिएकाले आगो निभाउन सँगै जोडिएका केही घरको बीचमा भत्काउनु परेको उनले बताएका छन् ।

गाउँमा लागेको आगो नियन्त्रणका लागि गाउँले सबै जम्मा भएर लागिपरेका थिए, साँझ ६ बजे लागेको आगो राति १२ बजेपछि मात्रै नियन्त्रणमा लिन सकिएकाे थियाे ।

आगलागी भएपछि नियन्त्रणका लागि सर्केघाड गाउँपालिको केन्द्र सर्केगाडबाट प्रहरीको टोली पनि परिचालन गरिएको हुम्ला प्रहरी प्रमुख डिएसपी सुर्य प्रसाद सुवेदीले बताए । घटनास्थलमा प्रहरी पुगे पनि राति भएकाले आग्लागीबाट केकति क्षति भयो, त्यसको यकिन विवरण आउन बाँकी रहेकाे प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।

आगलागी स्थल जिल्ला सदरमुकामबाट निकै टाढा भएको र जिल्लाको भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको वडाध्यक्ष जैशीकाे भनाइ छ ।