May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला परेको प्रजिअ न्यौपानेले बताए ।

Advertisement

उनका अनुसार ढोरपाटनका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् । त्यसमध्ये पनि ८ र ९ वडामा बढी क्षति भएको छ ।

अरिवरल वर्षासँगै आएको भिषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको इला