April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

 भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको छ ।

बैंकले तिरिसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम रु. ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको कर्जा रु.१ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको छ । उक्त रकम स्वर्गिय दिपा रावतको श्रीमान तिलक राम रावतलाई शारदा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुल्सीराम रावतद्धारा रावतको घरमा पुगि हस्तान्तरण गरेको हो ।

Advertisement

यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत वितरण गरेको थियो । बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको साथै हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनि देखि गरीबहरु लाई वित्तिय सेवा दिईरहेको साथै सामाजिक उत्तरदायित्वमा सक्रिय भएर लागिरहेकोे मुक्तिनाथ विकास बैंक लि. साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराई बताउनुभयो ।