April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
७० वर्षका वृद्ध बाउकाे प्रेम ५५ वर्षकी महिलासँग बसेपछि छोराछोरीले नै गरिदिए बिहे

७० वर्षका वृद्ध बाउकाे प्रेम ५५ वर्षकी महिलासँग बसेपछि छोराछोरीले नै गरिदिए बिहे

भदाै १८,  एक ७० वर्षका वृद्धकाे अर्की एक महिलासँग प्रेम बसेपछि छाेराछाेरीले नै बिहे गराइदिएकाे खबर छ । कुराे  भारतको मध्यप्रेदशको हाे । प्रेम अन्धाे हुन्छ भन्ने कुरा ती वृद्धकाे जोडीले प्रमाणित गरिदिएको छ ।

मध्यप्रदेशका ती वृद्ध उपचारका सिलसिलामा अस्पताल गएका थिए । साेही सिलसिलामा अस्पतालमा भेटिएकी ५५ वर्षीया महिलासँग ती वृद्धकाे प्रेम बसेछ । दुवैबीचको प्रेम देखेर उनीहरुका सन्तानले विवाह गराइदिएकाे खबर नवभारत टाइम्सले प्रकाशन गरेकाे छ ।

Advertisement

समाचारका अनुसार ७० वर्षका ओमबार सिंह नाम गरेका ती वृद्ध   स्थानीय ल्ला अस्पतालमा भर्ना थिए । त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । अस्पताल बसाइमै माया बसेछि तीन दिनपछि नै दुवैले विवाह गर्ने निर्णय गरेकाे बताइएकाे छ । अहिले ओमकार सिंहका चार सन्तान छन् रहेकाे जनाइएकाे छ । तर सन्तानले नै ती वृद्धकाे वृद्धकाे बिहे गराइदिए । उनकी श्रीमती भने ३ वर्ष अघि बितेकी थिइन् ।