April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

हाडनाता करणीको आरोपमा दाजु बहिनी पक्राउ

भदौ १८, सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ ।

आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु-बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेकाे बताउँदै  हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।