April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

कुल संक्रमितमध्ये नेपालमा ज्यान गुमाउनेको संख्या ०.६ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुष रहेका छन् । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षकी महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष, रुपन्देहीका ६५ वर्ष पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।