April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

काठमाडौं – मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्।

सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका संक्रमितको वर्गीकरण गरेको छ। दिनप्रतिदिन लक्षणसहितका संक्रमित बढेपछि कोरोना पुष्टि भई लक्षण भएका संक्रमितलाई मात्र अस्पताल र स्थानीय तहले बनाएको आइसोलेसनमा राखी उपचार भइरहेको छ। बिहीबार साँझसम्म पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका विभिन्न जिल्लाबाट प्राप्त तथ्यांक अनुसार हाल १२ जिल्लामा १३ हजार ४ सय  ३३ संक्रमित रहेका छन्।

Advertisement

प्रदेश २, प्रदेश ५, स्वास्थ्य कार्यालय काठमाडौं, स्वास्थ्य कार्यालय ललितपुर र स्वास्थ्य कार्यालय चितवनबाट प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी आइसोलेसनमा भएका संक्रमित काठमाडौं जिल्लाका छन्। काठमाडौं स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लाका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार ४ सय ९१ सक्रिय संक्रमित रहेका छन्। होम आइसोलेसनमा १ हजार ५ सय ७७ छन्। काठमाडौंमा सक्रिय संक्रमित ३ हजार ६८ छन्। काठमाडौंमा आइसियुमा ५२ र भेन्टिलेटरमा १० जना संक्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्। ललितपुर स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांक अनुसार आइसोलेसनमा उपचाररत ५ सय ८६ छन। स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार लक्षण नभएका १ सय ६७ संक्रमित होम आइसोलेसनमा बसेका छन्। चितवनमा ६ सय ९३ सक्रिय संक्रमित रहेका छन्।

चितवन स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार होम आइसोलेसनमा २ सय २९ रहेका छन्। कुल संक्रमित ८ सय ५९ छन। अहिलेसम्म चितवनमा १० जनाको मृत्यु भइसकेको छ। रुपन्देहीमा कुल संक्रमित १ हजार १ सय ८४ पुगेको छ। प्रदेश ५ स्वास्थ्य कार्यालयका सूचना अधिकारी नेत्र अर्यालको अनुसार ५ सय १३ जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन्। होम आइसोलेसनमा ३ सय ४४ छन्। प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाबाट प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी सर्लाहीमा होम आइसोलेसनमा ८ सय १६ रहेको छन्। अस्पतालको विभिन्न आइसोलेसनमा ४१ जना छन्।

पर्सा जिल्लाको विभिन्न हो आइसोलेसनमा बस्ने सक्रिय संक्रमित ७ सय ३६  र अस्पतालको आइसोलेसनमा ४ सय ६७ संक्रमित छन्। बारामा होम आइसोलेसनमा ७ सय ४९ र अस्पतालको आइसोलेसनमा ८४ छन्। महोत्तरीको होम आइसोलेसनमा ८ सय १ र आइसोलेसनमा ३८ जना छन्। रौतहटको होम आइसोलेसनमा ८ सय ६ र आइसोलेसनमा ६१ जना छन्।