May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कतारबाट १४२ नेपाली स्वदेश फर्किए

कतारबाट १४२ नेपाली स्वदेश फर्किए

दोहा – कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणबाट १४२ नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाण्डौका लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा ७ महिलासहित १४२ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमणको आशंका गरिएका ११ जना नेपाली भने विमानस्थल नआएको उनले बताए । उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको उनले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाई गर्न सचिव भट्टराईसहित नेपाली दूतावासका कर्मचारी, नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ६, ८ र २३ तारिखका लागि अझै ३ वटा उडान बाँकी रहेको जनाएको छ ।