May 14, 2026, Thursday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।  

पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्।

Advertisement

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।