April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

चितवन–चितवनमा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा संक्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए। पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो।

Advertisement

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।