May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ।

मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिए।

Advertisement

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ। बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ। धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्दा बढी घर बगाएको बताइएको छ।