March 26, 2024, Tuesday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हत्यापछि टाउको सहित प्रहरीमा

हत्यापछि टाउको सहित प्रहरीमा

भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् ।

हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । ‘हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,’ प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले भन्नुभयाे ।

Advertisement

धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो । शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयाे ।

गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको रेग्मिले बताउनुभयाे । स्थानिय चन्द्र गुरुङ्गको १३ औं पुण्य तिथिमा पित्री प्रसाद खाएर आउने क्रममा खल्चेतमा एक आपसमा जिस्कँदै जाँदा पारिवारीक कुरामा विवाद उत्पन्न भएको सो कुरालाई लिएर हत्या भएको हुन सक्ने प्राम्भिक अनुसन्धानमा देखिएको छ ।

केही दिन अघि पनि गुरुङ्ग र परियार विवाद भएको थियो । घटना परियारको घरबाट २ सय मिटर दुरीमा भएको थियो । मृतक गुरुङ्गको २ छोरा छन् भने श्रीमती बितिसकेका छन् । अभियुक्त राजु परियारका एक श्रीमती र ६ महिना छोरी छन् ।