April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

भदाै १९, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका  थिए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले बुधबा राती भुजीखोलामा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलगत जानकारीसहित त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री समेत वितरण गरेको छ । 

Advertisement

बाढी प्रभावित ढोरपाटन नगरपालिकाको वडा ९ सहितको स्थलगत जानकारी पछि गृहमन्त्री थापाले बाढीले क्षतिग्रस्त बनाएका घरको पुर्ननिर्माण वर्षा लगत्तै सुरु गरिने प्रतिवद्धता व्यक्त जनाए । देशले ढोरपाटनको विपत्तिबाट अकल्पनीय घटना बेहोर्नु परेको भन्दै घर र परिवार गुमाएकाहरुको साथमा सरकार रहेकाले उच्च मनोवल सहित अघि बढ्न आग्रह गरे । 

बाढीका कारण अझै पनि थप जोखिमयुक्त वस्तीबारे पूर्व सचेतता अपनाउन र भौतिक पूर्वाधारको पुर्ननिर्माणका लागि सम्बन्धित मन्त्रालयलका मन्त्री सँग कुरा गरिने उनले बताए । बाढी प्रभावित क्षेत्रका सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेल सुनिलले ढोरपाटनका बाढी प्रभावित नागरिकको राहत, खोजी तथा पुर्नस्थापनाका लागि सबै तह र निकायबाट पहलका लागि कुनै कसर बाँकी नराखिने बताए ।

बुधबार राती आएको बाढीले ढोरपाटन नगरपालिकाकाको वडा नम्बर ९ सहित ७ र ८ मा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परि १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् ।