April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये ३६४ जना महिला र ८९५ जना पुरुष रहेका छन् । देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।