April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Advertisement

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ थियो ।

मन्त्रालयका अनुसार विहबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको थियो ।