April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

भदाै २०, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिए। स्थानीयहरु पनि आश्वस्त भए । देवताले बचाउछन् भनेर पुजा र मेलामा सहभागी भए । 

त्यसको एक साताअघि नाग्म बजारका स्थानीय ८ जनामा कोरोना देखिसकेको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालयले उनीहरुको सम्पर्क खोजी गर्दै परीक्षण गरिरहेको थियो । रताडाका ६६ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । कैलाश देवताको पूजा भएको भोली ल्ट भदौ १७ गते स्वाब लिएका ६६ जनाको रिपोर्ट आयो । जसमा २० जनामा कोरोना पुष्टि भयो । ती मध्ये पनि दुई जना कैलाश देवताको पूजामा सहभागी पतुरेका धामी समेत परेछन् । 

Advertisement

 ‘नाम भन्न मिल्दैन् । हाम्रो वडामा भेटिएका २० जना कोरोना संक्रमित मध्ये दुई जना गाँउमा निकै प्रभाव भएका देवताका धामी छन्।’ एक स्थानीयले भने–  ‘जसले कोरोना पुष्टि भएको अघिल्लो दिन कैलाश देवताको पूजामा सहभागी सबैलाई कोरोनाबाट बचाउने बाचा गरेका थिए।’ 

यहाँका स्थानीयहरु देवताले बचाउने भन्दै देवताका थानमा खसी बली दिने गथ्र्ये । २०७६ साल माघमा जब कोरोनाको हल्ला आयो । गाउँ गाउँमा देवताका थानमा पूजा गर्ने पशु बली दिने लहर नै चलेको ती स्थानीयले बताए । ‘सारालाई कोरोनाबाट बचाउने भन्दै देवताका धामीहरुले बाचा गरे।’ स्थानीयले भने–‘सयौँ खसी काटिए । जहाँ हाँ खसी काटेर कोरोना आउन नदिने बाचा गरेका थिए ती सबै गाउँमा कोरोना देखियो।’  

जनै पूर्णिमादेखि भदौ पूर्णिमासम्म धुमधामका साथ देवताका पैठहरु भइरहे ।कोरोना भगाउने भन्दै देवताका धामीहरु अश्वासन बाँडिरहेका छन् । तीन दिनअघि मात्रै पलाँता गाउँपालिका–८ सुनबाडामा रहेको दुधेसिल्लो खापर मष्टा ठुलामाडुमा भव्य पैठ भयो । हजारौँ मानिसहरुको भेला भयो । आसपासका क्षेत्र र कोरोनाको संक्रमण फैलिएको जुम्लाको हिमा गाँउपालिकाबाट समेत हजारौँ मानिसहरु आए । 

स्थानीय इन्द्र रोकायाले भने, ‘गाँउका प्रत्येक घरमा जुम्लाबाट आएका ५ देखि ८ जनासम्म पाउनाहरुलाई बसालियो । पैठ भव्यरुपमा सम्पन्न भयो। तर जुम्लादेखि कोरोना आएर धेरैलाई सरेको पनि हुनसक्छ।’ जिल्लाको पचालझरना गाउँपालिकाको बाचकोट, राम्नाकोट, नानिकोट, रास्कोट नगरपालिकाको स्यूना, जिल्ला सदरमुकामसमते रहेको खाँडाचक्र नगरपालिकाको थानकोट, ताडी, चुली, मालिका लगायतका ठाउँमा भव्य मेला सम्पन्न भए । प्रशासनले जारी गरेको निषेधाज्ञाका बेला पनि मेलाहरु रोकिएनन् । 

साउनमै जिल्ला कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्र र विपद्को बैठक बसी यस वर्ष गाँउमा मेलाहरु आयोजना नगर्ने निर्णय गरिएको प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । स्थानीय तहलाई मेला रोक्न आग्रह गरिएको थियो । स्थानीय तहले सूचना निकाले पनि मेला रोक्न सकेनन् ।

गाउँमा देवताका पैठहरु नगर्न सूचना जारी गरेपनि स्थानीयले नमानेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । देवताका धामीले गाँउ आउन नदिने भन्ने भ्रम छरेकाले पनि स्थानीयहरु पैठ गर्न थप उत्साहित भएको अध्यक्ष बमको भनाइ छ । खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले पूर्णरुपमा देवताका पैठहरु बन्द गर्न नसकेपछि नगरपालिका भन्दा बाहिरबाट आउने जात्राहरु भने  विगत वर्षको तुलनामा कम भएको दावी गरे। 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले गाउँमा भएका देवताका पैठ र मेलाहरुले कोरोनाको महामारी हुनसक्ने भन्दै नागरिकहरुलाई आफैँ सचेत हुन आग्रह गरे।