April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो ।

Advertisement

महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार लिम्बूले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो ।

लिम्बूले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।