April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रोचक बन्दै सुशान्त मृत्यु प्रकण, आफ्नै बहिनीविरुद्ध एफआइआर दर्ता

रोचक बन्दै सुशान्त मृत्यु प्रकण, आफ्नै बहिनीविरुद्ध एफआइआर दर्ता

मुम्बई–फिल्म अभिनेता सुशान्तसिंह राजपूत मृत्यु प्रकरणमा मुम्बई प्रहरीले सोमबार सुशान्तकी बहिनीविरुद्ध एफआइआर दर्ता गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको उजुरीका आधारमा सुशान्तकी बहिनी प्रियंका सिंह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डा. तरुणकुमार र अन्यविरुद्ध मुम्बईको बान्द्रा प्रहरीमा एफआइआर दर्ता गरिएको हो।

Advertisement

बान्द्रा प्रहरीले उनीहरुविरुद्ध आत्महत्याका लागि प्रेरित गरेको तथा आपराधिक षडयन्त्र गरेको भन्दै एफआइआर दर्ता गरेको हो।

सोमबार रियाले बान्द्रा प्रहरीमा गएर लिखित उजुरी गरेकी थिइन्, जसमा सुशान्तकी बहिनी प्रियंका सिंह र डा. तरुणकुमारमाथि नक्कली प्रेस्क्रिप्सन र टेलिमेडिसिन गाइडलाइन्स उल्लंघनको आरोप लगाउँदै मुद्दा दर्ता गर्न आग्रह गरिएको थियो।