April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् ।

Advertisement

उनी २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको थियो ।