May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रत्नपार्कमा खाना बाँड्दै बेनिशा

रत्नपार्कमा खाना बाँड्दै बेनिशा

पहिलो चरणको लकडाउनमा नै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन-पानी सकिएको छ । निषेधाज्ञाका कारण चुलो बल्न छाडेपछि आजभोली हजारौं भोका पेटहरु भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् ।  

बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँडेका थिए । सोमवारबाट अभिनेत्री बेनिशा हमालले पनि खाना बाँड्न सहयोग गरेकी छन् । रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा उनले सोमवार रत्नपार्कमा भोकाहरुलाई खाना बाँडेकी हुन् । फेसबुकमा यो कुरा उल्लेख गर्दै उनले भोली पनि आफू सहभागी हुने बताएकी छन् । उनी लेख्छिन्, ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’

Advertisement