काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय संक्रमित थपिएका छन् भने ललितपुरमा ३८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५८ जना संक्रमित देखिएका छन् । योसंगै सोमबारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९ हजार २ सय ७८ पुगेको छ ।
यसमध्ये काठमाडौमा ६ हजार ८ सय १९ , ललितपुरमा ८ सय ६६ जना र भक्तपुरमा ७ सय ८३ जना छन् ।

प्रतिकृया दिनुहोस्