May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

काठमाडौं – प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ।

२५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो।  अदालत पेश गरेकै दिन खड्काको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

Advertisement

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कोरोना संक्रमण भएको कारण खड्कालाई थप १५ दिन हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको हो।