April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

बाग्लुङ – बाढीपहिरोका कारण ढोरपाटन नगरपालिका–९ बोबाङमा सडक सम्पर्क पनि टुटेको छ। सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरु रहेका ठाउँसम्म राहत सामग्री पुर्याउन समस्या भएको छ।

पीडितहरुका लागि देशविदेशका दाताबाट आएका राहत नगद र जिन्सी बोकेर ढोरपाटन नगरपालिका पुग्नेहरुले बुर्तिबाङमै रहेको नगरपालिकाको केन्द्रमा हस्तान्तरण गर्दै आएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बोकेर नगरपालिकासमेत पुग्न सेकेको छैन। दाताहरुबाट आएको जिन्सीले नगरपालिकाको भण्डार कक्ष भरिए पनि पीडितसम्म त्यो सामग्री पुर्याउने नगरको प्रयास सडकका कारण असफल भैरहेको छ। ‘कम्तीमा हिँड्ने बाटो बनाएर राहत पुर्याउँछौं भनेर बाटो बनाउने काम थालेको स्काभेटर नै पहिरोले पुर्दा काम रोकियो,’ उपप्रमुख करमती पुन भन्छिन्, ‘अर्को व्यवस्था गरेर भएपनि हामीमाथि पुग्छौं।’ बाढीले बढी प्रभावित बनाएको क्षेत्र नगरपालिकाको कार्यालयबाट उत्तरतर्फ पर्छ। त्यहाँ पुग्ने सडक र पैदलमार्गसमेत बाढीले बगाएको छ।

Advertisement

के कति सामग्री र कति मूल्यको आयो भन्ने तथ्यांक नगरपालिकासँग छैन। दाताहरुले सामग्री बरबुझारत मात्रै गर्ने र बिलहरु नदिने गरेका कारण के कति मूल्यको सामग्री छ भन्ने विषयमा तथ्यांक निकाल्न कठिन भएको उपप्रमुख पुनले बताइन् । नगरपालिकाले दैविक प्रकोप राहत कोष बनाएको छ। सोमबारसम्म कोषमा १३ लाख रुपैयाँ जम्मा भएको छ।