May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाइपलाइनमार्फत तेल आयत हुन थालेपछी एक बर्षमा १ अर्ब ६ करोड ८२ लाख बचत

पाइपलाइनमार्फत तेल आयत हुन थालेपछी एक बर्षमा १ अर्ब ६ करोड ८२ लाख बचत

भदौ २४, नेपाल आयल निगमले भारतबाट पाइपलाइनमा तेल ल्याउन थालेको एक बर्षमा करिब सवा अर्ब बचत भएको जनाएको छ । पाइपलाइन मार्फत तेल ल्याउन थालिएपछि प्रतिलिटर २ रुपौयाँ बचत हुँदा एक बर्षमा १ अर्ब ६ करोड ८२ लाख ६० हजार बराबर रकम बचत भएको हो । बिगतमा आउने गरेकोभन्दा धेरै परिमाणमा तेल आइरहेको पनि आयल निगमले जनाएको छ ।

भारतबाट नेपाल पाइपलाइन मार्फत तेल ल्याउन थालिएको आज मात्रै एक बर्ष पुगेको छ । गत साल आजकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ अनलाइनमार्फत स्वीच थिचेर अमलेखगञ्जस्तिथ पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको थियो ।

Advertisement

त्यसयता नेपालमा ५३ करोड ४१ लाख ३ हजार लिटर तेल आएको निगमको भनाइ छ । पाइपलाईन मार्फत तेल आउन थालेपछि चोरी निकासीमा कमि, सुद्धतामा सुधार, बातावरण प्रदुषणमा कमि जस्ता कुराहरु भएको जनाइएको छ ।