April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् ।

कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली पक्राउ परेका हुन् ।

Advertisement

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरणसमेत बरामद गरिएको कुवेत प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरा नगरपालिकाको समन्वयमा नस्ट गरिदै आएको छ ।