April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

बागलुङ – जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ।

बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। गुल्मीको सत्यवती नगरपालिका–१ रूद्रबेनीको बडिगाड खोला किनारमा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ। उनको  शवको सनाखत भएको छैन।

Advertisement

यसअघि मंगलबार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बडिगाड खोलाको किनारमा ३२ वर्षीया चनी विकको शव फेला परेको थियो।  बडिगाड गाउँपालिका वडा नं. ६ खाला बजार छेउको खोला किनारमा २८ वर्षिया कुमारी विकको शव मंगलबार नै फेला परेको थियो।

उनीहरुको शव बुधबार परिवारको जिम्मा लगाइएको छ भने बुधबार भेटिएका पुरुषको शव सनाखतका लागि बेपत्ता भएकाहरुको परिवारलाई बोलाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए।