April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

पाल्पा – पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्।  ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।  

जसमध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।   संक्रमितमध्ये २५ जना पुरुष र ३ जना महिला रहेका छन्। यी मध्य दुईजना वडा अध्यक्ष रहेका छन्।

Advertisement

तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका विभिन्न वडाका दुई जना वडाध्यक्ष रहेका छन्। उनीहरू सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। उनीहरू सबैलाई स्थानीय स्तरमा निर्माण गरेको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ। 

यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या ६४० पुगेको छ। जसमध्य ५८१ पुरुष र ५९ जना महिला रहेका छन्।