May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आजबाट ३९ वर्षमा लागे जीवन लुईंटेल

आजबाट ३९ वर्षमा लागे जीवन लुईंटेल

चकलेटी अभिनेता जीवन लुईंटेल बिहीवार आफ्नो ३९औं जन्मदिन मनाउँदैछन् । २०३८ साल भाद्र २५ गते मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका उनी केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् ।

फिल्मकर्मी तथा दर्शकहरुले उनलाई सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।  २००२ मा मिस्टर नेपालको उपाधि जितेका उनले केही समय एभिन्यूज टेलिभिजनमा समाचार वाचकको रुपमा समेत काम गरेका थिए । उनलाई मुख्य अभिनेताको रुपमा विकासराज आचार्यले फिल्म ‘नसिब आफ्नो’ बाट ब्रेक दिएका थिए । जहाँ अभिनेत्री रेखा थापा उनको अपोजिटमा थिइन् ।

Advertisement

यसपछि उनले निर्देशक आचार्यका फिल्म ‘नाइँ नभन्नु ल’, ‘म तिम्रो भैसकें’ मा काम गरे ।  फिल्म ‘तिर्खा’ बाट अभिनय करिअर सुरु गरेका जीवनले ‘मेरो एउटा साथी छ, काफल पाक्यो, सानो संसार, ठूली, कसम हजुरको, नसिब आफ्नो, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाइँ नभन्नु ल २, स्टूपिड मन’ लगायत ६० भन्दा बढी फिल्ममा काम गरेका छन् । दश वर्ष फिल्म अभिनयमा सक्रिय रहेका उनी पुस्तक पढ्न, कविता कोर्न र खेलकुदमा रमाउन मन पराउँछन् ।

अभिनेता लुईंटेलले ‘नायक’ नामक एक कविताको पुस्तक समेत सार्वजनिक गरिसकेका छन् । अचेल उनी सामाजिक सञ्जाल फेसबुकमा कविता वाचन गरेका भिडियोहरु पोस्ट गरिरहेका छन् ।