April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३६ हजार ६ सय ७२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ६ हजार ६ सय ३४ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय २२ पुगेको छ ।