April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जानीराख्नुहोस् ! दमको बिमारीले के खान हुन्छ के हुदैँन ?

जानीराख्नुहोस् ! दमको बिमारीले के खान हुन्छ के हुदैँन ?

दमको समस्या भएमा आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यस अवस्थामा दम रोगलाई नियन्त्रण गर्ने खानेकुरा खाएर पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो छ, दम रोगीले खानुपर्ने कुराहरु :

१. ड्राइ फुड्स
सुन्दा अचम्म लाग्ला तर दम रोगमा नियन्त्रण पाउन ड्राइ फुड्सको सेवन उपयोगी हुन्छ । यसमा म्याग्नेसियम र भिटामिन पाइन्छ जसले दमका बिरामीलाई लाभ पुर्याउँछ । म्याग्नेसियम घ्यारघ्यार हुनबाट रोक्दछ भने भिटामिनले इम्युनिटी बढाउँछ ।

Advertisement

२. ताजा फल
ताजा तथा सफा फलमा एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिन प्रसस्त मात्रामा पाइन्छ । त्यसैले नियमित फल खाने मानिसमा दम हुने सम्भावना कम हुन्छ । दमको समस्यामा कीवी र सुन्तला जस्ता फल खाएमा चाडैं लाभ मिल्दछ । यी फलले फोक्सो सुन्निने तथा पोल्ने समस्याबाट लाभ दिलाउँछ ।

३. दाल
फ्याट र क्यालोरी कम हुने भएकाले दाल दमका बिरामीका निम्ती लाभदायक हुन्छ । यसमा पाइने फाइबरले शरीरको कोलेस्ट्रोललाई समेत कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी उत्पन्न गराउने बाहिरी कणहरुलाई समेत रोक्दछ ।

४. ओमेगा ३ फ्याट
साल्मोन र टुना माछा, जैतुन वा आलसको दानामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसलाईे खानामा समावेश गरेमा दम रोगीका निम्ती निकै लाभदायक हुन्छ ।